Section 10
असल नियतले गरेकोमा बचाउ :
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम असल नियतले गरेको वा गर्न खोजिएको कुनै काम कारवाईको निमित्त नेपाल सरकार, आयोग, आयोगका कुनै सदस्य वा आयोगको निर्देशनमा काम गर्ने कुनै व्यक्तिको विरुद्ध कुनै मुद्दा वा कानुनी कारबाई चलाइने छैन ।